प्रमुख समाचार
Wednesday, 24 Aug, 2022
चार देशका राजदूतले भेटे ओली
काठमाडौं– एमाले अध्यक्ष केपी ओलीसँग अमेरिकासहितका चार देशका राजदूतले भेटवार्ता गरेका छन् ।ओलीसँग एमाले मुख्यालय च्यासलमा अमेरिका, स्वीट्जरल्यान्ड, अस्ट्रेलिया र बेलायती राजदूतले भेटवार्ता गरेका हुन् ।सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगको नयाँ प्रावधानलाई लिएर विवाद चर्किएका बेला चार देशका राजदूतले प्रमुख प्रतिपक्षी नेतालाई भेटेका हुन् ।
सरकारले गम्भीर मानव अधिकार हननमा संलग्नलाई आममाफी दिने गरी कानुनको मस्यौदा संसद्मा पु¥याएको छ ।अमेरिकासहित पश्चिमा मुलुक नेपालको शान्ति प्रक्रिया टुंग्याउने नाममा आममाफी दिन नहुने पक्षमा छन् ।
यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पनि अमेरिका, बेलायत, अस्ट्रेलिया, स्वीस तथा युरोपली युनियनका राजदूतसँग भेट गरेका थिए ।







