Breaking News
Wednesday, 24 Aug, 2022
प्रधानमन्त्री देउवा भेट्न बालुवाटार पुगे ओली
काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी ओलीसहितका नेताहरु प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।
अध्यक्ष ओलीको सचिवालयका अनुसार प्रधानमन्त्री एवं कांग्रेस सभापति र देउवालाई भेट्न बिहान ९ बजे ओली बालुवाटार पुगेका हुन् । उनीहरूबीच अहिले भेटवार्ता जारी छ ।
स्रोतका अनुसार नागरिकता विधेयक र ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे दुई नेताबीच छलफल भएको छ । सरकारले हालै पारित गरेको नागरिकता विधेयकमा एमालेले असहमति जनाएको छ ।
संसद्ले पारित गरेर राष्ट्रपति कार्यालय शीतलनिवास पुगेको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएपछि संसद्ले पारित गरेर पुनः प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुगेको छ।







