प्रमुख समाचार
Monday, 22 Aug, 2022
बाबुरामको पार्टीको केन्द्रीय मुख्यालय सुविधानगरमा
काठमाडौं– डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय कार्यालय काठमाडौंको सुविधानगर, तीनकुनेमा खोलिएको छ ।
उनले पार्टीका पाँच प्रतिबद्धता पनि सार्वजनिक गरेका छन् । उनका अनुसार नेसपाको पाँच प्रतिबद्धतामा समावेशिता, संघीयता, सुशासन, समृद्धि र समाजवाद रहेका छन् ।
जसपाले निष्कासन गरेपछि बाबुरामले छुट्टै पार्टी गठन गरेका थिए । उनको पार्टीले माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथौडा लिएर आगामी निर्वाचनमा उम्मेदवारी दिनेछ ।







