प्रचण्ड–माधव एउटै घोषणापत्र बनाएर चुनाव लड्ने
काठमाडौं–नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा एउटै घोषणापत्र बनाउन सहमत भएका छन् ।माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालबीच सोमबार भएको छलफलपछि आगामी चुनावमा एउटै घोषणापत्र बनाउन दुवै दल तयार भएका हुन् ।दुई दलले निर्वाचनअघि एकता संयोजन समिति घोषणा गर्नेछन् ।
चुनावमा एउटै घोषणापत्र र एकता संयोजन समिति घोषणा गर्न सहमत भएको नेकपा माओवादी केन्द्रका वरिष्ठ अध्यक्ष नारायणकाजी श्रेष्ठले बताए ।भेटमा प्रचण्ड र माधव नेपासँगै वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र नेकपा एसका महासचिव वेदुराम भुसाल सहभागी थिए ।
चुनावअघि पार्टी एकता गर्न समय नपुग्ने भए पनि एकताको सन्देश दिनलाई दुई पार्टीले एकता संयोजन समिति घोषणा गर्ने भएका हुन् ।२०७४ को निर्वाचनअघि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रले एउटै चुनावी घोषणापत्र तयार पारेका थिए भने निर्वाचनपछि पार्टी एकता गरेका थिए ।







