Breaking News
Monday, 22 Aug, 2022
हात्तीवनमा दाहाल–नेपालबीच तीनघन्टे वार्ता
काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सोमबार ललितपुरको हात्तीवनमा भेटवार्ता भएको छ ।
अध्यक्ष प्रचण्डका भान्जा गोकुल भण्डारीको घरमा सोमबार बिहान दुई नेताबीच ३ घन्टा छलफल भएको हो ।प्रचण्डका प्रेस संयोजक सूर्य किरणले सोमबार ललितपुरको हात्तीवनमा दुई नेताबीच भेट भएको जानकारी दिए ।
सत्ता गठबन्धनमा सिट बाँडफाँटका विषयमा कसरी अघि बढ्ने भन्नेबारे उनीहरुबीच छलफल भएको बुझिएको छ ।







