Breaking News
Monday, 22 Aug, 2022
महानगरले हटाउन थाल्यो अन्डरग्राउन्ड पार्किङ क्षेत्रका पसल
काठमाडौं–काठमाडौं महानगरले अन्डरग्राउन्ड पार्किङ क्षेत्रमा सञ्चालित पसल हटाउन थालेको छ ।सवारीसाधनको पार्किङ गर्ने अनुमति लिए पनि ती ठाउँमा व्यापार, व्यवसाय सञ्चालन भएकाले महानगरले यसअघि सूचना प्रकाशित गरेर समय तोकेको थियो ।अटेर गरेर पसल सञ्चालन गरेको पाइएपछि महानगरले हटाउन थालेको हो ।
सोमबारदेखि महानगरले बानेश्वरलगायत क्षेत्रमा अन्डरग्राउन्ड पार्किङ क्षेत्रमा रहेका पसल हटाउन सुरु गरेको छ । मेयर बालेन साहसहितको टोली सोमबार अन्डरग्राउन्ड पार्किङ क्षेत्रको अनुगमनमा पुगेको छ ।
घर तथा भवनको नक्सा पास गर्दा अन्डरग्राउन्ड पार्किङको नक्सा पास गरे पनि ती क्षेत्रमा पसल सञ्चालित थिए ।







