प्रमुख समाचार
Monday, 22 Aug, 2022
गिरीको निधनमा शोक प्रस्ताव पारित गर्दै संसद् बैठक
काठमाडौं– सोमबारका लागि बोलाइएको संसद् बैठक कांग्रेस नेता प्रदीप गिरीको निधनमा शोक प्रस्ताव पारित गर्दै सकिने भएको छ । दिउँसो १ बजे बस्ने बैठकमा सभामुख अग्नि सापकोटाले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।शोक प्रस्ताव पारित भएपछि संसद बैठक अन्य कार्यसूचीमा प्रवेश नगर्ने प्रचलन छ ।
प्रतिनिधिसभा सदस्य एवं समाजवादी चिन्तक प्रदीप गिरिको शनिबार राती साढे ९ बजे मेडिसिटी अस्पतालमा निधन भएको थियो । उनको आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।







