प्रमुख समाचार
Monday, 22 Aug, 2022
१२ राजनीतिक दलका प्रतिनिधिलाई आयोगको बोलावट
काठमाडौं– निर्वाचन आयोगले संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने १२ राजनीतिक पार्टीका प्रतिनिधिलाई छलफलका लागि बोलाएको छ । सोमबार पार्टीका नेताहरूलाई परामर्शका लागि बोलाएको हो ।
उनीहरूसित निर्वाचन आचारसंहितालगायत विषयमा छलफल हुने आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिए । आयोगले आचारसंहिता, २०७८ मा केही परिमार्जन गर्ने तयारी गरेको छ ।
आउँदो ४ मंसिरमा एकै चरणमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुने तय छ । आचारसंहितालगायत विषयमा छलफल हुने आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले बताए ।







