प्रमुख समाचार
Sunday, 21 Aug, 2022
गिरी सिद्धान्त र बौद्धिक क्षमताका धरोहर : राष्ट्रपति भण्डारी
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले समाजवादी चिन्तक एवं कांग्रेस नेता प्रदीप गिरीको निधनबाट सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएको बताएकी छन् ।
राष्ट्रपति भण्डारीले सामाजिक सञ्जालमार्फत उक्त कुरा बताएकी हुन् । ‘गिरीको निधनको खबरले अत्यन्त दुःखी बनाएको छ । उहाँको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौं,’ राष्ट्रपति भण्डारीले लेखेकी छन् ।उनले गिरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेकी छन् ।
शनिबार राती साढे ९ बजे कांग्रेस नेता प्रदीप गिरीको निधन भएको थियो । सांसदसमेत रहेका गिरीको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।







