प्रमुख समाचार
Thursday, 18 Aug, 2022
संसद्मा सुनिए बालेन र हर्क
काठमाडौं– काठमाडौं महानगर र धरान उप–महानगरका मेयरबीच चलेको जुहारीको चर्चा संसद्मा पनि चलेको छ । नेकपा एमालेका सांसद कृष्णकुमार राईले दुई मेयरबीचको जुहारीको विषय संसद्मा उठाएका हुन् ।

उनले फोहोर व्यवस्थापनमा काठमाडौं महानगरले प्रभावकारी काम नगरेको दाबी गरे । फोहोर विसर्जन स्थलमा माटोले पुर्ने मात्र काम गरेको उनको आरोप छ ।
साम्पाङले बुधबार साँझ फेसबुकमा आफू काठमाडौं नगएको भए काठमाडौंको फोहोर उठ्ने थिएन रहेछ भन्दै स्टाटस लेखेका थिए । उनको पोस्टमा बालेनले प्रतिक्रिया दिएका थिए । उनले साम्पाङकै शैलीमा लेखेका छन्, ‘हो नि तपाईंकै लौरो चुनाव चिह्न लिएर मैले चुनाव पनि त जितेको हो नि !’








