प्रमुख समाचार Wednesday, 17 Aug, 2022
Prestige Media

आउँदो मंसिरको चुनावमा १० अर्ब खर्च अनुमान:निर्वाचन आयोग

काठमाडौं– निर्वाचन आयोगले आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई व्यवस्थित रूपले सम्पन्न गर्न कार्यतालिका स्वीकृत गरी थप गृहकार्यलाई तीव्र बनाएको छ ।आयोगले निर्वाचनका लागि आवश्यक पर्ने निर्देशिका, कार्यविधि तर्जुमा र परिमार्जनको काम गरेको छ ।प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार आयोगले यसबीचमा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दल दर्ताका लागि आह्वान, आर्थिक व्यवस्थापन कार्यविधि र बजेट तर्जुमाको काम गरेको हो ।


मिति घोषणापछि तयारीका लागि आयोगलाई १०७ दिन समय उपलब्ध छ ।निर्वाचनका लागि खर्च करिब १० अर्ब लाग्ने र कुल मतदाता संख्या करिब १ करोड ८२ लाख हुने आयोगको अनुमान छ ।मतदाता नामावली अद्यावधिक कार्य प्रारम्भ, मतदान स्थलको पुनरवलोकन र समानुपातिकतर्फको निर्वाचन कार्यक्रम स्वीकृत गरिसकेको छ ।निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र मितव्ययी बनाउने सन्दर्भमा आयोगले अन्तर्राष्ट्रिय संस्थालाई पर्यवेक्षणका लागि सूचना प्रकाशित गरी आह्वान गरिसकेको छ ।


निर्वाचनमा करिब १०,८२५ मतदान स्थल र अस्थायीबाहेक करिब २२,५०० मतदान स्थल रहनेछन् ।बालिग मताधिकार प्रयोग गर्ने सिलसिलामा निर्वाचनको अघिल्लो दिन १८ वर्ष उमेर पुगेका मतदातालाई मताधिकार हुनेछ ।निर्वाचनलाई विश्वासनीय तुल्याउन मतगणना स्थलमा सिसीटिभी जडान र अनुगमन कार्यको थालनी आयोगले यसअघिकै निर्वाचनबाट प्रारम्भ गरिसकेको छ ।


राष्ट्रिय मान्यता प्राप्तबाहेकका अन्य दललाई पनि सम्बन्धित दलकै निर्वाचन चिह्न प्रदान गर्ने तयारी छ । मतदाता शिक्षाको ढाँचा परिवर्तन गरी आयोगले डिजिटल माध्यममा जोड दिएको छ ।


आयोगले अघि सारेको मतदाता शिक्षासम्बन्धी नीतिका कारण प्रतिमतदाता खर्चमा उल्लेख्य कटौती भएको छ ।
निर्वाचनमा मतदाताको सहभागिता बढाउन तथा बदर मत प्रतिशत घटाउन आयोगले विषयविज्ञ र राजनीतिक दलका प्रतिनिधिसँग निरन्तर संवाद गरी सुझाव कार्यान्वयन गर्दै आएको छ ।निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दी, स्वीकृती लिई सञ्चालनमा रहेका वृद्धाश्रममा रहेका मतदातालाई अस्थायी मतदाता सूचीमा समावेश गरी समानुपातिकतर्फ मताधिकार व्यवस्था गर्ने आयोगको सोच छ ।
निर्वाचनलाई स्वतन्त्र र स्वच्छ तुल्याउन आयोगले विभिन्न तहमा अनुगमन संयन्त्रमार्फत चुनावलाई भड्किलो र खर्चिलो हुनबाट रोक्न भगिरथ प्रयास गरिरहेको छ ।


निर्वाचनलाई प्रभाव पार्ने मिथ्या सूचना र दुष्प्रचारलाई रोक्न अनुगमनको प्रभावकारी संयन्त्रको व्यवस्था सुरु गरिसकेको छ ।
उम्मेदवारी दर्ता गर्दा उम्मेदवारको सम्पत्ति विवरण लिने र उम्मेदवारको योग्यता, राजीनामा, पेस्की, बेरुजु आदि विषयमा स्वघोषणा लागू गर्ने सोच आयोगको छ ।

आयोगले ७६ बुँदाको निर्वाचन कार्यतालिका स्वीकृत गरी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मितव्ययी र निष्पक्ष तुल्याउन मूल लक्ष्यतर्फ अग्रसर भइसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।निर्वाचन कार्यतालिकामा बजेट अनुमान, राजनीतिक दल दर्ता र स्वीकृति, उम्मेदवारी मनोनय, निर्वाचन अधिकृत खटनपटन, मतदाता नामावली र मतपत्र छपाइ, निर्वाचन सामग्री व्यवस्थापन, ढुवानी, अनुगमन तथा मतदान र मतगणनासम्मका विषयवस्तु समेटिएको छ ।


‘स्वीकृत निर्वाचन कार्यतालिकाअनुसार आयोगले सबै कामलाई योजनाबद्ध र व्यवस्थित ढंगबाट अघि बढाइरहेको छ । निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मितव्ययी बनाउन हामी तीव्र गृहकार्यमा छौं,’ उनले भने ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

अमेरिकी मध्यावधि चुनाव– प्रारम्भिक परिणाममा डेमोक्र्याटिक पार्टीको अग्रता, ट्रम्पको रिपब्लिकनलाई धक्का

पश्चिमी वायु र अर्नब चक्रवातको असर : आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL