मनोरञ्जन Sunday, 5 Jun, 2022
Prestige Media

पपस्टार शकिरा र पिकेको सम्बन्धविच्छेद

कोलम्बियन पपस्टार शकिरा र बार्सिलोनाका फुटबल खेलाडी जेरार्ड पिकेबीच सम्बन्ध विच्छेद भएको छ । दुवै जनाले संयुक्त विज्ञप्ति जारी गर्दै १२ वर्षदेखिको सम्बन्धलाई टुंग्याउने जनाएका हुन् ।विज्ञप्तिमा भनिएको छ, ‘हामी अलग हुँदैछौं भनेर जानकारी गराउँदा खेद व्यक्त गर्दछौं । हाम्रो मुख्य प्राथमिकता हाम्रा बालबच्चा हुन् र उनीहरुको गोपनीयताको सम्मान गर्न हामी आग्रह गर्दछौं ।’

सन् २०११ देखि सम्बन्धमा रहेका ४५ वर्षीया शकिरा र ३५ वर्षीय पिकेका दुई सन्तान छन् । सन् २०१० मा दक्षिण अफ्रिकामा फिफा विश्वकप प्रतियोगिता सुरु हुनु केहीअघि मात्र यी दुईबीच भेट भएको थियो । प्रतियोगिताको अफिसियल गीत ‘वाका वाका (दिस टाइम फर अफ्रिका)लाई शकिराले गाएकी थिइन् भने पिके फिचर्ड थिए । शकिराले कर छली मुद्दाको सामना गरिरहेकी छन् ।

गत मे २६ मा अदालतको फैसला शकिराको विपक्षमा आएको थियो । विपक्षीहरुले लगाएको आरोपअनुसार सन् २०१२ देखि २०१४ सम्म उनले कमाएको १५.५४ मिलियन डलर कर छली गरेको उल्लेख छ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL