‘प्रेमगीत ३’ भारतमा ‘विश्वजितम’ को नामबाट प्रदर्शनमा आउने
चलचित्र ‘प्रेमगीत ३’ नेपाल र भारतमा एकसाथ रिलिज हुने भएको छ ।असोज ७ मा रिलिज हुने चलचित्र भारतमा ‘विश्वजितम’ को नामबाट प्रदर्शनमा आउने निर्माता सन्तोष सेनले बताएका छन् । हिन्दी भाषामा समेत डबिङ गरिएको चलचित्र त्यहाँको दर्शकले बुझ्ने गरेर ‘विश्वजितम’ को नामबाट रिलिज गर्न लागेको सन्तोषको भनाई रहेको छ ।

कोभिड संक्रमण महामारी अगाडि नै निर्माण सम्पन्न भएको चलचित्र सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गरेका हुन् । तर, लकडाउनका कारण रिलिज हुन नसकेको चलचित्रलाई सन्तोषले लामो समय मुम्बईमा बसेर हिन्दी डबिङ गराएका थिए । भारतका थिएटरमा पनि रिलिज गर्ने उद्धेश्यले हिन्दीमा डबिङ गराएका चलचित्र सम्भवतः भारतीय वितरकले व्यवसायिक रुपमा नेपाली फिल्म रिलिज गर्न लागेको यो पहिलोपटक हो ।

सन्तोषले नै निर्माण गरेको चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ र शिव श्रेष्ठ , मनिष राउत, अनुभव रेग्मी, सम्बृद्धि शाही ठकुरी, सुनील थापा लगायतको अभिनय छ ।







