मनोरञ्जन
Thursday, 2 Jun, 2022
म्युजिक नेपालको युट्युब च्यानल ह्याक
नेपालमा सबैभन्दा बढी सब्सक्राइबर रहेको म्युजिक नेपालको युट्युब च्यानल ह्याकरको कब्जामा पुगेको छ । ह्याकरले च्यानललाई नियन्त्रणमा लिएर ‘टेस्लाको लाइभ गरेका छन् । टेस्ला सबैभन्दा धनी एलन मस्कको कम्पनी हो ।

विभिन्न भाकामा नेपाली गीत संगीत राख्दै आएको च्यानल मंगलबारबाट ह्याक भएको म्युजिक नेपालले जानकारी दिएको छ ।ह्याक भए पनि च्यानलमा रहेका भिडियो भने गायब छैनन् ।
यसअघि ओएसआर डिजिटल, बुढा सुब्बा डिजिटल, सगरमाथा टीभी, गायक कमल खत्री, भिटेन लगायतका च्यानल ह्याक भएका थिए । अघिल्लोपटक ह्याक भएका च्यानलबाट क्रिप्टोकरेन्सीको लाइभ हुने गरेका थिए । यसपटक चाहिं नाम परिवर्तन गरेर टेस्ला लाइभ मात्र लेखिएको छ ।







