मनोरञ्जन Thursday, 2 Jun, 2022
Prestige Media

‘माग्ने बुढा’ ले निर्देशन गरेको ‘कमेडी हब’ को प्रसारण सुरू

हाँस्य कलाकार केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ ले निर्देशन गरेको कार्यक्रम ‘कमेडी हब’ को प्रसारण सुरू भएको छ। बुधबार पहिलो भाग प्रसारण भएसँगै कार्यक्रम सुरू भएको हो। 

‘प्योर’, ‘ह्युमर’, ‘रोमान्टिक’, ‘स्ट्यान्ड अप’, ‘सटायरिक’ र ‘प्यारोडी’ गरी कमेडीका ६ शैली प्रस्तुत गरिने कार्यक्रमा केदार घिमिरे माग्ने बुढा पात्रकै रूपमा देखिएका छन्। उनीबाहेक कार्यक्रममा राजा राजेन्द्र, कमेडी च्याम्पियन सिजन १ का विजेता हिमेश पन्त, कमेडियनहरू खड्गबहादुर पुन मगर (खबपु), चन्चल मगर, सुबोध गौतम, प्रभात लामा, दिलिप तामाङ (हुर्हुर), बेदना राई, सिता न्यौपाने, जानुका पौड्याल (प्याकुली), राधिका कँडेल, दिपेन्द्र प्रसाईं, राजेन्द्र नेपाली (लट्टे), कल्पना खतिवडा, नारिया गिरी, अनिल राई, संगम राई र दिपेश घिमिरेले कमेडी कला प्रस्तुत गर्ने छन्।

कमेडी हब एपी१ च्यानलमा ८ बजे राति प्रसारण भएको हो। युट्युबमा भने राति ९ बजे ‘मिडिया हब अफिसियल च्यानल’ मार्फत् सार्वजनिक भएको छ। यो हरेक बुधबार प्रसारण हुनेछ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL