मनोरञ्जन
Monday, 30 May, 2022
आमिर खान अभिनित ‘लाल सिंह चड्डा’को ट्रेलर रिलिज
बलिउड अभिनेता आमिर खान अभिनित ‘लाल सिंह चड्डा’को ट्रेलर रिलिज भएको छ । टम ह्यांक्स स्टारर हलिउड फिल्म ‘फरेस्ट गम्प’को रिमेक यो फिल्ममा करिना कपुर, मोना सिंह र नागा चैतन्यको पनि अभिनय छ ।
शारीरिक रुपमा अशक्त बालक र उसकी आमाबीचको प्रेमिल सम्बन्धलाई चित्रण गरिएको यो फिल्मको ट्रेलर मर्मस्पर्शी लाग्छ ।ट्रेलरमा मोना सिंहले मुख्य पात्रकी आमाको भूमिका निर्वाह गरेकी छन् । हलिउड फिल्म ‘फरेस्ट गम्प’बाट प्रभावित भए पनि निर्माताले यसमा भारतीय स्वाद मिसिएको तर्क गरेका छन् ।
लाल सिंह चड्डा’ आगामी साउन २६ गते जनैपूर्णिमाको छेकोमा रिलिज हुँदैछ ।







