प्रमुख समाचार
Monday, 23 May, 2022
पाँच जना डिआइजी एआइजीमा सिफारिस
नेपाल प्रहरीका पाँच जना नायब महानिरीक्षक (डिआइजी) अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवाका लागि सिफारिस भएका छन्। सोमबार बसेको बढुवा समिति बैठकले पाँच जनालाई एआइजीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो।
सिफारिस हुनेमा पहिलो नम्बरमा उत्तमराज सुवेदी, दोस्रामा अरुणकुमार बिसी, तेस्रोमा दिवेश लोहनी, चौथोमा मुकुन्द राज आचार्य र पाँचौ नम्बरमा पूजा सिंह छन्।








