मनोरञ्जन Sunday, 22 May, 2022
Prestige Media

सिद्धूलाई एक वर्षको जेल सजाय,यस्तो छ कारण

पूर्व क्रिकेट खेलाडी तथा राजनीतिज्ञ नवजोतसिंह सिद्धु जेल गएका छन् । उनी कैदी नम्बर २४१३८३ बनेका छन् । जेलभित्र पसेपछि उनलाई यो कैदी नम्बर दिइएको हो । सिद्धुले शुक्रबार साँझ पाटियाला सेन्टर जेल सेशन कोर्टमा आत्मसमर्पण गरेका थिए । त्यहाँ स्वास्थ्य जाँच गरेपछि उनलाई जेल पठाइएको हो ।

३४ वर्ष पुरानो एक मुद्दामा उनलाई एक वर्षको कैद सजाय सुनाइएको थियो ।

त्यसअघि उनलाई पुस्तकालय परिसरमा राखिएको थियो । तर, पछि कैदी नम्बर तोकेर ब्यारेक नम्बर १० मा राखिएको छ । त्यहाँ उनी सिमेन्टले बनेको पलङमा सुत्नुपर्नेछ । शुक्रबार साँझ उनलाई जेलको तालिका अनुसार दाल र रोटी दिइएको थियो । तर, स्वास्थ्यको कारणले उनले खाना अस्वीकार गर्दै फलफूल र सलाद मात्र खाए ।

जेलभित्र के छ ?

सिद्धुले जेलभित्र सेतो कपडा लगाउनुपर्नेछ । उनको जेलमा एउटा कुर्सी टेबल, एउटा दराज, एउटा ओछ्यान, एउटा बेडकभर, दुई वटा सिरानी, एउटा कम्बल, तीन वटा भित्री वस्त्र, २ वटा तौलिया, एउटा झुल, एउटा डटपेन, एक जोर जुत्ता र ४ वटा कुर्ता पाइजामा दिइनेछ ।

सिद्धुलाई कलेजोमा समस्या छ । त्यसबाहेक उनको खुट्टामा बेल्ट पनि बाँधिएको छ । सिद्धुका मिडिया सल्लाहकारका अनुसार उनलाई गहुँबाट एलर्जी छ । त्यसैले गहुँको रोटी खान सक्दैनन् । उनले लामो समयदेखि रोटी खाएका छैनन् । त्यसले उनले विशेष डाइट लिन आग्रह गरेका छन् ।

कस्तो हुनेछ दिनचर्या ?

जेलमा सिद्धुको दिन बिहान ५:३० बाट सुरु हुनेछ । बिहान ७ बजे चियासँगै बिस्कुट वा कालो चना खानेछन् । त्यसपछि बिहान ८:३० मा नास्ता गर्नेछन् । नास्तामा दाल र रोटी वा तरकारी दिन्छ । त्यसपछि उनीहरुलाई कारखानामा काम गर्न लगिनेछ । त्यहाँ दिनभर काम गर्नुपर्नेछ । साँझ ५:३० मा उनको बिदा हुनेछ । उनीहरुले साँझ ६ बजे खाना खानेछन् । उनीहरुलाई साँझ ७ बजे ब्यारेकमा थुनिनेछ ।

किन परे जेल ?

३४ वर्षको एक घटना, जसले सिद्धुलाई जेल पुर्‍याएको हो । घटना सन् १९८८ को हो । डिसेम्बर २७ । त्यसदिन गाडी पार्किङ गर्ने निहुँमा सिद्धुको झगडा भएको थियो, गुरनाम सिंहसँग । उनी अस्पताल भर्ना भए । उपचारकै क्रममा ६५ बर्षिय गुरनाम सिंहको मृत्यु भयो ।

त्यसबेला जिल्ला अदालतले उनलाई गैर नियतवश भएको हत्या भन्दै निर्दोष ठहर गरेको थियो । तर, उच्च न्यायालयले उनलाई दोषी ठहर्‍याएर तीन वर्षको जेल सजाय सुनायो ।

सर्वोच्वले सन् २०१८ मा सिद्धुलाई निर्दोष सावित गरेको थियो । तर, पीडित परिवारले यस विरुद्ध फेरी अपील दायर गरे । अन्ततः सिद्धुलाई दोषी ठहर्‍याउँदै एक वर्षको जेल सजाय सुनाइएको हो ।दैनिक भास्करबाट

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL