मनोरञ्जन
Thursday, 5 May, 2022
‘छक्कापञ्जा ४’को असार १ देखि छायांकन सुरु हुने
दीपाश्री निरौलाले निर्देशन गर्ने फिल्म ‘छक्कापञ्जा’को चौथो सिरिज आगामी असार १ गतेबाट छायांकनमा जाने भएको छ ।
सामाजिक र राजनीतिक कथावस्तुमा बन्ने फिल्म ‘छक्कापञ्जा ४’को स्क्रिप्ट लेखनको काम पनि केही दिनमा सकिने निर्माता तथा अभिनेता दीपकराज गिरीले जानकारी दिए ।
फिल्मको रिलिज मिति भने आगामी दशैंका लागि तय गरिसकिएको छ । फिल्ममा दीपक–दीपाका साथै केदार घिमिरे ‘माग्ने बुढा’ र निर्मल शर्मा निर्माता छन् । ‘छक्कापञ्जा ४’को टिजर भने यसअघि नै सार्वजनिक भइसकेको छ ।
फिल्ममा दीपकराज गिरी, केदार घिमिरे लगायतको मुख्य भूमिका रहनेछ ।







