‘मन्त्र’को फस्टलुक सार्वजनिक
चलचित्र ‘मन्त्र’को फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । कोरोना महामारीका कारण रिलिजमा ढिलाइ भएकोे चलचित्र २८ माघमा प्रदर्शनमा आउने भएको छ । खिलबहादुर गुरुङले निर्देशन गरेको चलचित्रको सार्वजनिक पोस्टरमा तीन मुख्य कलाकार सौगात मल्ल, बुद्धि तामाङ र दीया पुनलाई स्थान दिइएको छ ।
देवेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको यो चलचित्रमा रविराज कार्की, सुरेश कार्की र शुभ श्रेष्ठको लगानी साम्तेन भुटियाको लेखन, सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायाङ्कन, मित्र डि गुरुङको सम्पादन रहेको छ।गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रले गोरखाको मनास्लु क्षेत्रको कथा अर्थात हिमाली प्रेमकथा प्रस्तुत गर्ने निर्माण युनिटको दाबी छ ।सौगात, बुद्धि र दियाको अलवा चलचित्रमा नमिता घिसिङ, वीरबहादुर लामा, पासाङ्ग टि शेर्पाको पनि मुख्य भूमिका छ ।







