मनोरञ्जन
Friday, 26 Mar, 2021
‘ढाँटे मरिजाम’ सार्वजनिक
गायिका मन्जु उपासना र गायक एचबी सुनारको स्वर रहेको गीत ‘ढाँटे मरिजाम’ सार्वजनिक भएको छ । सविता पोखरेलको शब्द रहेको गीतमा गायक एचबी सुनारकै संगीत रहेको छ ।
सुनिल कुमार मगरको कोरियोग्राफी , कपिल कार्कीको निर्देशन रहेको गीतको भिडियोमा पछिल्लो समय टिकटकमा चर्चित मोडल सुधीर श्रेष्ठ र मोडल अन्जु सुनारको अभिनय छ ।







