मनोरञ्जन
Thursday, 25 Mar, 2021
‘डाँडाको वर पीपल’ को शुभ मुहूर्त
नयाँ चलचित्र ‘डाँडाको वर पीपल’ शुभ मुहूर्त गरिएको छ । निर्देशक शोभित बस्नेतले चलचित्रको बिहीबार राजधानीमा शुभ मुहूर्त गरेका हुन् ।
सुशान्त प्रजापतिको छायाँकन, रामकाजी घिमिरेको लेखन, शिव मुखिया र अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, गोविन्द राईको नृत्य, नवराज गिरीको गीत रहेको चलचित्रमा शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत, राजीवजंग बस्नेत, यसराज गहतराजको चलचित्रमा अभिनय रहनेछ ।चलचित्रको मुख्य भूमिका रहने तीन अभिनेत्री र एक अभिनेता केही दिनमा फाइनल गरिने निर्माणपक्षले बताएका छन् l







