मनोरञ्जन
Thursday, 25 Mar, 2021
शे–फोक्सुन्डोमा ‘ए मेरो हजुर ४’ को शीर्ष गीतको छायांकन
भाद्र १८ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्र ‘ए मेरो हजुर ४’को शिर्ष गीतको छायांकन गरिएको छ ।डोल्पाको शे–फोक्सुन्डो तालमा सुट गरिएको भिडियोमा चलचित्रका मुख्य कलाकार अनमोल केसी र सुहाना थापा फिचर्ड छन् ।

रामजी लामिछानेको कोरियोग्राफी को रहेको उक्त गीतको भिडियोलाई संजय लामाले खिचेका हुन् ।सुनिलकुमार थापाको लगानीमा बनेको चलचित्रमा दीर्घ खड्काको सम्पादन, सञ्जय लामाको छायांकन, वसन्त सापकोटाको संगीत छ ।







