मनोरञ्जन
Thursday, 25 Mar, 2021
राजु , कमला , अर्जुन र लक्ष्मीको पहिलो गीत “फुल्यो गुराँस” सार्वजनिक(भिडिओ)
भाईरल गायिका लक्ष्मी खड्काको अर्को नयाँ गीत “फुल्यो गुराँस”सार्वजनिक भएको छ।राजु परियार, कमला घिमिरे, अर्जुन सापकोटा र लक्ष्मी खड्काको स्वर रहेको गीतमा नेत्र अर्यालको शब्द तथा राजकुमार बानियाको संगीत रहेको छ ।
पानस फिल्मस् बाट सार्वजनिक उक्त गीतको भिडियो निशान बानियाले निर्देशन गरेका हुन्।प्रकाश खड्काको छायांकन र शिव पौडेलको सम्पादन रहेको यो गीतको भिडियोमा बिक्रम नेपाली र रेश्मा सुबेदीको अभिनय रहेको छ ।







