मनोरञ्जन
Wednesday, 24 Mar, 2021
हरिहरले ‘द हरिहर अधिकारी शो’ ल्याउँदै
अभिनेत्री नीता ढुंगाना अब निर्देशकको रुपमा पनि देखिने भएकी छन् । लामो समयदेखि कान्तिपुर टेलिभिजनमा ‘मार्गदर्शन’ कार्यक्रम सन्चालन गर्दै आएका अभिनेता तथा युवा ज्योतिष हरिहर अधिकारीले ल्याउन लागेको नयाँ शो ‘द हरिहर अधिकारी शो’ उनको निर्देशनमा आउँन लागेको हो ।
सेलिब्रेटीका वर्तमान र भविष्यको चर्चा गरिने शोमा रेखा थापा, कोमल ओली लगायत अतिथी लिएर केही भाग छायाँकन भैसकेका छन् ।पछिल्लो समय फिल्म क्षेत्रमा नीता र हरिहरको प्रेमको चर्चा छ ।







