मनोरञ्जन
Tuesday, 23 Mar, 2021
चलचित्र ‘ए’को प्रदर्शन मिति तय
चलचित्रको छायांकन केही दिन अगाडि मात्र सुरु गरिएको ‘ए’को प्रदर्शन मिति तय गरिएको छ ।चलचित्रलाई आगामी बर्षको तिहारमा रिलिज गर्ने निर्माणपक्षले बताएको छ ।
विलभ्ड इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रमा मोहनकुमार झिल्लुको छायांकन, अनिलकुमार महर्जनको सम्पादन, सुरेश गैरेको संगीत छ ।प्रमोद अग्रहरी, सोहित मानन्धर, रिश्ता बस्नेत, रवि गिरी, प्रविन खतिवडा, सि.एम भारद्वाज, विकेश प्रजापति, सुरज विष्ट, समिक्षा क्षेत्री लगायतको मुख्य भुमिका रहने चलचित्रका निर्देशक भोमन कटुवाल हुन् ।







