कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’को प्रिमियर
कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’को प्रिमियर बिहिबार आयोजना गरिएको छ ।ठमेलस्थित छाँया सेन्टरमा कार्यक्रमको पहिलो भाग देखाएर प्रिमिएर गरिएको हो ।
२ साता अगाडिबाट प्रशारण सुरु भएको ‘कमेडी च्याम्पियन सिजन २’को प्रिमियरमा अडिसनबाट उत्कृष्ट २४ मा पर्न सफल प्रतिस्पर्धीहरु पनि सहभागी थिए । निर्णायक मनोज गजुरेल र हाँस्यकलाकार सुवोध गौतमको प्रस्तुतिबाट सुरु गरिएको प्रिमिएरमा टप २४ भित्र परेका ४ प्रतियोगीको प्रस्तुति देखाइएको थियो ।
यस वर्ष कमेडी च्याम्पियनमा सहभागीताका लागि ६ हजार बढी मानिसले डिजिटल अडिसन दिएका थिए । ती मध्ये १ सय २० जना फिजिकल अडिसनका लागि छानिएका थिए ।
शोमा यो बर्षपनि सन्तोष पन्त, मनोज गजुरेल, प्रदिप भट्टराई र ऋचा शर्मा निर्णायकको रुपमा रहेका छन् । विशाल भण्डारीले निर्देशन गरेको यो शोका कार्यकारी निर्माता केकी अधिकारी, रीमा विश्वकर्मा, विशाल भण्डारी र राज घिमिरे छन् ।







