मनोरञ्जन
Thursday, 18 Mar, 2021
‘सम्हालिन्छ कहिले मन’को छायाँकन सकियो;भदौदेखि प्रदर्शनमा आउने
चलचित्र ‘सम्हालिन्छ कहिले मन’को छायाँकन सकिएको छ । दुबईका विभिन्न लोकेशनमा केही दृश्य र गीतको छायाँकनसँगै चलचित्र सकिएको हो ।
निर्देशक सुदर्शन थापाको निर्देशन रहेको चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनको मुख्य भूमिका रहेको छ ।आउदो भाद्र १८ लाई मा प्रदर्शन हुने बताइएको चलचित्रमा अर्जुन पोखरेल र ताराप्रकाश लिम्बुको संगीत, कविराज गहतराजको कोरियोग्राफी, महेश दवाडीको कथा, सौरभ लामाको छायांकन छ ।
अमित बस्नेतको लगानीमा बनेको ‘सम्हालिन्छ कहिले मन’ मा पूजा, आकाश र सोनमको साथमा गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यको मुख्य भूमिका रहेको छ ।







