Breaking News
Wednesday, 17 Mar, 2021
कर्णाली प्रदेश सरकार;एमाले ओली पक्षको समर्थन फिर्ता, माधव नेपाल पक्षले भन्यो– हाम्रो समर्थन कायमै छ
४ चैत, सुर्खेत । कर्णाली प्रदेशमा केपी ओली पक्षीय एमाले संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । बुधबार बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै संसद सचिवालयलाई जानकारी गराउने निर्णय समेत गरेको छ ।
तर त्यसको केहीबेरमा नेपाल समूहका सांसदहरुले सरकारलाई दिएको समर्थन कायमै रहेको बताएका छन् ।एमाले संसदीय दलको नाममा गुटगत बैठक भएको कर्णाली सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहेक एमाले सांसद प्रकाश ज्वालाले बताए ।
नेपाल समूहका सांसद ज्वालाले सरकारलाई एमालेको समर्थन कायमै रहेको समेत बताएका छन् ।







