Breaking News
Wednesday, 17 Mar, 2021
माधव समूहको राष्ट्रिय भेला सुरु
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला सुरु भएकाे छ । ललितपुरकाे सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएकाे भेला भाेलिसम्म चल्ने छ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले आफ्नो समूहका बाहेक सबै नेताहरुको जिम्मेवारी खोसेपछि खनाल-नेपाल समूहले काउन्टरमा भेला आयोजना गरेको हो ।
ओली पक्षले खनाल नेपाल पक्षकाे भेलामा सहभागी हुनेलाई कारबाहीको चेतावनी दिए पनि देशभरबाट नेता कार्यकर्ताको उल्लेख सहभागिता रहेकाे छ ।







