मनोरञ्जन
Monday, 15 Mar, 2021
बर्षाको छोटो चलचित्र ‘सावधान’ सार्वजनिक
काठमाडौं ।नायिका वर्षा राउतको अभिनय रहेको छोटो चलचित्र ‘सावधान’ सार्वजनिक भएको छ ।चलचित्रमा वर्षाले आमाको भूमिका निर्वाह गरेकी छिन् भने काव्या अधिकारीले छोरीको भूमिका निर्वाह गरेकी छिन् । यस्तै, बुबाको भूमिकामा प्रविण खतिवडालाई हेर्न सकिन्छ ।
दीपेन्द्र लामाद्वारा लिखित तथा निर्देशित यो चलचित्रले बालयौन दुराचारको कथालाई उठान गरेको छ ।यौन दुव्र्यवहार हुँदा पनि आफ्नै आमाबुबाले नसुन्ने प्रसंग पनि चलचित्रमा हेर्न सकिन्छ ।
शैलेन्द्रध्वज कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, शैलेश श्रेष्ठको संगीत रहेको यो छोटो चलचित्रमा जाङ्मु शेर्पा, फुर्वा याङ्जी शेर्पा र निमा शेर्पा श्रेष्ठले लगानी गरेका छन् ।चलचित्र करिव १० मिनेट अवधिको छ ।







