मनोरञ्जन
Sunday, 14 Mar, 2021
चलचित्र ‘कृष्ण लीला’को फस्टलुक सार्वजनिक
काठमाडौँ ।चलचित्र ‘कृष्ण लीला’को फस्टलुक सार्वजनिक भएको छ ।नयाँ वर्ष २०७८ को अवसर पारेर २७ चैत्रमा प्रदर्शन हुन लागेको चलचित्र ‘कृष्ण लीला’ को फस्टलुकमा नायक पुष्प खड्कालाई मात्र देख्न सकिन्छ ।
यस अघि ‘कुनै दिन यस्तो पनि..’ र ‘डियर बन्न मन छ’ बोलका दुई गीत सार्वजनिक गरेको गरेको चलचित्रको फष्टलुकमा अभिनेता पुष्प खड्काको भिन्न अवतार देख्न सकिन्छ ।
चलचित्रमा रत्न श्रेष्ठ कार्यकारी निर्माताको रुपमा छन् भने प्रकाशराज कार्की र केवल तामाङ निर्माताको रुपमा छन् ।
दिपक वलीले निर्देशन गरेको चलचित्रमा पुष्पको अलवा बुद्धि तामाङ, रबिन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुराँगाई, आयुषा क्षेत्री, पिताम्बर आचार्य लगायतका कलाकारको अभिनय देख्न सकिनेछ ।







