Exclusive News Sunday, 31 Jan, 2021
Prestige Media

प्रचण्ड–नेपाल समूह समर्थित सभामुखले रोके संवैधानिक निकायको नियुक्ति

गोकुल अर्याल
नेकपाको घरझगडामा पुष्पकमल दाहाल–माधव नेपाल समूहमा देखिएका सभामुख अग्नि सापकोटाले संवैधानिक निकायको नियुक्ति फिर्ता गरिदिएका छन् । संवैधानिक परिषद् सदस्यसमेत रहेका सापकोटाले तटस्थ भूमिका निर्वाह गर्नुपर्नेमा प्रचण्ड–माधव पक्षलाई सहयोग गरेर ओली समूहको सिफारिस लत्याइदिएका हुन् ।

सरकारले गत ३० मंसिरमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्दै सोही दिनको संवैधानिक परिषद्को बैठकबाट विभिन्न ११ वटा संवैधानिक निकायमा ४५ जनाको नाम सिफारिस गरेको थियो ।

संवैधानिक परिषद्ले ३० मंसिरमा नाम सिफारिस गरे पनि ५ पुसमा प्रतिनिधिसभा विघटनसँगै संसद् सचिवालयमा सुनुवाइका लागि पठाएको थियो । सभामुख सापकोटाले प्रतिनिधिसभा विघटन भएकाले समिति स्वतः नरहेको हुँदा संवैधानिक परिषद्को सिफारिस समितिसमक्ष पेस गर्न नसकिएको कुतर्कसहित पत्र फिर्ता पठाएका हुन् ।

संयुक्त संसद्को बैठक बस्ने र सुनुवाइ समिति नरहेको अवस्थामा नियुक्ति अगाडि बढाउन नमिल्ने उनको भनाइ छ ।
संवैधानिक परिषद्को पत्र संसद् सचिवालयमा ५ पुसमा दर्ता भएको थियो । २० माघमा दर्ता भएको पत्रको अवधि ४५ दिन पुग्दै थियो । सभामुख सापकोटाले घुमाउरो ढंगले नियुक्ति प्रक्रिया अगाडि बढाउन नमिल्ने उल्लेख गर्दै आइतबार सबै सिफारिससहितका कागजात फिर्ता गरिदिए ।
आपूm सम्मिलित परिषद्ले गरेको नियुक्तिप्रति पनि सापकोटाले प्रश्न उठाएका छन् । उनले एकै दिन अध्यादेश जारी हुने र नियुक्ति गर्ने निर्णय भएकाले सर्वोच्चले प्रतिपादन गरेको सिद्धान्तविपरीत रहेको बताएका छन् ।
अध्यादेश पनि गैरसंवैधानिक रूपमा जारी गरिएको सभामुख सापकोटाको भनाइ छ ।
प्रतिनिधिसभा विघटन सिफारिस भएको अवस्थामा स्वतः संयुक्त समिति कार्यसञ्चालन नियमावलीअनुसार सुनवाइ अगाडि बढ्न नसक्ने उनको दाबी छ ।
प्रचण्ड–नेपाल पक्षको बफादार बनेर सभामुखले कागजात फिर्ता गरे पनि संवैधानिक परिषद्को सिफारिसअनुसार निर्णय अगाडि बढाउने तयारी संवैधानिक परिषद् अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको छ ।
प्रचण्डको निर्देशनमा सभामुखले कागजात फिर्ता गरेको प्रधानमन्त्री निकटको बुझाइ रहेको बताइन्छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL