Breaking News Thursday, 21 Jan, 2021
Prestige Media

नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि

नेपालको शेयर बजारले उचाइ लिने क्रमलाई निरन्तरता दिइरहेको छ । ११ सय बिन्दुदेखि उकालो लागेको बजार करिब एक वर्षको अवधिमा दोब्बर अंकले बढिसकेको छ । गत वर्षको फागुनदेखि बजारले उकालो यात्राको सुरुआत गरेको थियो । बिहीबारको बजारले परिसूचकमा दोहोरो उच्च अंकको वृद्धि हासिल गरेको छ भने कारोबार रकम पनि बढेको छ ।

यो दिन २ हजार ३७२ दशमलव ८६ बिन्दुदेखि खुला भएको बजार २ हजार ३७६ बिन्दुसम्म पुगेको थियो । बजार बन्द हुँदा अघिल्लो कारोबार दिनभन्दा ३१ दशमलव ८७ अंक बढेर २ हजार ३७४ दशमलव ६४ बिन्दु कायम भएको छ ।
यो दिन सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ५९ अंक बढेर ४४५ दशमलव ५९ बिन्दुमा पुगेको छ ।

बिहीबार २०९ कम्पनीको ६९ हजार ३३३ पटकको व्यापारमा रु. ७ अर्ब ७९ करोड ८५ लाख २८ हजार बराबरको १ करोड ८१ लाख ५ हजार ६७१ कित्ता शेयर कारोबार भएको छ । यस दिन पनि सर्वाधिक रकमको कारोबार नेपाल लाइफ इन्स्योरेन्सको भएको छ ।
नेपाल लाइफको रु. ५३ करोड ३३ लाख १२ हजार बराबरको शेयर कारोबार भएको हो । यस दिन नेपाल लाइफको शेयर मूल्य प्रतिकित्ता रु. २३ ले बढेर अन्तिम मूल्य रु. २ हजार ९०८ पुगेको छ ।
बिहीबारको बजारमा बैंकिङ र म्युचुअल फण्डबाहेकका सबैको परिसूचक बढेको छ । यो दिन बैंकिङको शून्य दशमलव २२ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ४३ प्रतिशतले परिसूचक घटेको हो ।
यस दिन निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक ४ दशमलव ९४ प्रतिशतले बढेको छ । त्यस्तै, लघुवित्तको ४ प्रतिशत, जलविद्युत्को ३ दशमलव ७७ प्रतिशत, वित्तको २ दशमलव ८४ प्रतिशत, जीवन बीमाको २ दशमलव ७१ प्रतिशत, विकास बैंकको १ दशमलव २४ प्रतिशत, अन्यको शून्य दशमलव ९६ प्रतिशत, होटलको शून्य दशमलव ६८ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ४४ प्रतिशत र व्यापारिकको शून्य दशमलव शून्य ८ प्रतिशत परिसूचक बढेको छ ।
यो दिन सपोर्ट माइक्रोफाइनान्सको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता रु. १३८ ले बढेर अन्तिम मूल्य रु. १ हजार ५१८ पुगेको हो ।
उच्च दोहोरो अंकले बढेको बजारमा नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य सर्वाधिक ६ दशमलव ७० प्रतिशतले घटेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रु. ५० ले घटेर अन्तिम मूल्य रु. ६९६ मा झरेको हो । बिहीबार सपोर्ट माइक्रोफाइनान्ससँगै २२ कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
स्वाभिमान लघुवित्तको ९ दशमलव ९८ प्रतिशत, सिद्धार्थ इन्स्योरेन्सको ९ दशमलव ९७ प्रतिशत, महिला सहयात्रा, ग्रामीण विकास लघुवित्त र आशा लघुवित्तको ९ दशमलव ९६ प्रतिशत, गुराँस लघुवित्त, सूर्योदय लघुवित्त र इन्फिनिटी लघुवित्तको ९ दशमलव ९४ प्रतिशत, युनाइटेड इन्स्योरेन्सको ९ दशमलव ९३ प्रतिशत, सारथि नेपाल लघुवित्तको ९ दशमलव ९२ प्रतिशत, युनाइटेड इदी मर्दीको ९ दशमलव ९१ प्रतिशत, प्रभु लाइफको ९ दशमलव ९० प्रतिशत, अरुण काबेली ९ दशमलव ८९ प्रतिशत, गोर्खाज फाइनान्सको ९ दशमलव ८७ प्रतिशत, कर्पोरेट डेभलपमेन्टको ९ दशमलव ८४ प्रतिशत, नेपाल फाइनान्सको ९ दशमलव ८२ प्रतिशत, माउन्टेन इनर्जीको ९ दशमलव ८२ प्रतिशत, श्री इन्भेष्टमेन्टको ९ दशमलव ७० प्रतिशत, सबैको लघुवित्तको ९ दशमलव ५३ प्रतिशत, हिमालयन ऊर्जा विकासको ९ दशमलव ५० प्रतिशत, कर्णाली डेभलपमेन्टको ९ दशमलव ४७ प्रतिशत र प्रिमियर इन्स्योरेन्सको ९ दशमलव १४ प्रतिशतले मूल्य बढेको हो ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL