नेकपामा चिरा : पार्टी कमिटीहरू तत्काल पुनर्गठन गर्न ओली आदेश
नेपाल कम्युनिस्ट पार्टी ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टीका सबै जिल्ला, जनसंगठन र तहका कमिटीहरू तत्काल पुनर्गठन गर्न निर्देशन दिएका छन् ।
नेकपा नुवाकोटका काठमाडौंमा उपलब्ध अगुवा कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन गर्दै उनले प्रतिनिधिसभा विघटन भई निर्वाचनको मिति घोषणा भइसकेकाले जनस्तरमा पुगेर सक्रिय हुन आग्रह गरे ।
प्रधानमन्त्री ओलीले भने, ‘प्रतिनिधिसभा पुनस्र्थापना हुन्छ वा निर्वाचन हुँदैन भन्ने भ्रममा नपर्न म आग्रह गर्दछु । हामीले लिएको सही विचार र मुलुकको समृद्धिका लागि सबैलाई एकताबद्ध भई पार्टीको शुद्धीकरण अभियानमा गतिशील हुन अनुरोध गर्दछु ।’
अध्यक्ष ओलीले पार्टीले ‘जनताको बहुदलीय जनवाद’ को मूलभूत विचारको मार्गदर्शनका आधारमा हाल ‘जनताको जनवाद’ को विचार लिएको र यसलाई क्रमशः परिमार्जन गर्न सकिने जनाउँदै पार्टी विभाजन गर्न खोज्नेसँग कुनै विचार नभएको जिकिर गरे ।
कतिपय नेताले युवालाई भड्काउन खोजेको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले सरकार र आफूहरू शान्तिपूर्ण गतिविधिका पक्षमा रहेको स्पष्ट गरे । उनले भने, ‘हामी हिंसामा विश्वास गर्दैनौं, जनतामा विश्वास गर्छां । विगतमा लडाकुका रकमका वा निर्वाचनका नाममा गरिएजस्ता अनियमिततता अब हुँदैनन् ।’
कार्यक्रममा नेकपा नुवाकोटका नेता केशवराज पाण्डेले जिल्लामा यही १९ माघमा जिल्लास्तरीय कार्यक्रम हुने जानकारी दिए ।







