Exclusive News Saturday, 2 Jan, 2021
Prestige Media

प्रचण्ड–नेता नेपाल समूहको नेकपाद्वारा आन्दोलन घोषणा

नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले एक महिने लामो दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । शनिबार पूर्वमाओवादी मुख्यालय पेरिसडाँडामा बसेको आन्दोलन परिचालन समितिको बैठकले पार्टी संगठन पुनर्गठन र संघर्षका कार्यक्रम एकसाथ अघि बढाउने निर्णय गरेको हो ।

बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा संयोजक नारायणकाजी श्रेष्ठले दोस्रो चरणको आन्दोलनका कार्यक्रमबारे जानकारी दिएका हुन् । कार्यक्रमअन्तर्ग देशभर विरोध प्रदर्शन, भेला, मसाल जुलुस, सभा र विभिन्न राजनीतिक दलहरूसँग अन्तरक्रिया चलाइनेछ ।
आन्दोलनका क्रममा संविधान वाचन तथा व्याख्या गर्ने कार्यक्रम समेत राखिएका छन् ।

२३ माघमा राजधानीमा विरोध प्रदर्शन र सभा गर्ने कार्यक्रम राखिएको छ । नेकपाको एउटा गुट पार्टीबाट अलग भएको छ । प्रतिनिधिसभा पुनःस्थापनाको मागमा विपक्षी दलहरूको संयुक्त आन्दोलन गर्ने प्रयास असफल भएपछि प्रचण्ड–माधव पक्षले एक्लै आन्दोलन गर्न लागेको हो ।

सुदूरपश्चिम प्रचण्ड–नेपाल समूहमा पहिरो जाने संकेत, प्रदेश सरकारलाई रातो घन्टी

सुदूरपश्चिम प्रदेश सभाका ६ जना माधव नेपाल–पुष्पकमल दाहाल समूहका सांसद प्रधानमन्त्री केपी ओली नेकपामा आएपछि सुदूरपश्चिमको सरकार धर्मराउने संकेत देखिन थालेको छ ।

६ जना प्रदेश सांसदले शनिबार दिउँसो प्रदेश पार्टी कार्यालयमा मुख्यमन्त्री तथा प्रदेश संसदीय दलका नेता त्रिलोचन भट्टले डाकेको संसदीय दलको बैठकमा गरिएको ३ वटा निर्णयमा हस्ताक्षर गर्न इन्कार गर्दै प्रधानमन्त्री ओलीको पक्षमा रहेको संकेत गरेका हुन् ।
प्रदेश सभा सदस्य पठानसिंह बोहरा, लीलाधर भट्ट, गेल्बु बोहरा, महेशदत्त जोशी, नेपालु चौधरी र रतन थापाले उक्त निर्णयमा हस्ताक्षर नगरेका हुन् ।

बैठकमा प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधिसभा विघटनको विरोध, फुट अनि विग्रहमा नलाग्न पार्टी कार्यकर्तालाई आह्वान गर्दछ र नेकपाको प्रदेश सभाका सदस्य विधानसम्मत बहुमतको पक्षमा रहेको स्पष्ट पार्दछ भन्ने ३ बुँदे निर्णय गरिएको छ ।

बैठकमा सहभागी ३६ मध्ये बाँकी ३० जना सांसदले भने उक्त निर्णयमा हस्ताक्षर गरेको दाबी गरिएको छ । बैठकमा नेकपाका प्रदेश इन्चार्ज भीम रावल पनि सहभागी थिए ।
प्रदेश सभामा ५३ जना सदस्य छन्, जसमध्ये ३९ जना नेकपाका सांसद छन् ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL