Breaking News Monday, 21 Dec, 2020
Prestige Media

नेकपामा रमिता, ओली–प्रचण्डबीच एकअर्कालाई कारबाही

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर आउँदो वैशाखमा चुनावको मिति तोकेपछि भुसको आगो भएको नेकपाभित्रको झगडा छताछुल्ल भएको छ । पार्टीभित्रको रडाकोकै कारण एकमुखे नेकपा दुईमुखे बन्ने लक्षण देखिएको छ ।
नेकपाका दुवै समूह ओली र पुष्पकमल दाहाल–माधव नेपाल पक्षले एकै दिन दुईतिर केन्द्रीय समिति बैठक बोलाएका छन् ।
ओली पक्षले मंगलबार बिहान ९ बजे बालुवाटारमा केन्द्रीय समिति बैठक बोलाएको हो भने प्रचण्ड–नेपाल पक्षले दिउँसो १ बजे बैठक बोलाएको हो ।
सोमबार बस्ने भनेको प्रचण्ड–नेपाल पक्षको स्थायी समिति बैठक पनि मंगलबार नै बस्ने भएको छ ।
नेकपा केन्द्रीय कार्यालयका दुई कार्यालय सचिवले सचिवले फरक–फरक बैठकका लागि एसएमएस पठाउँदै जानकारी गराएका छन् ।
प्रचण्ड–नेपाल समूहले आइतबार नै स्थायी कमिटीको बैठकबाट निर्णय गराएर ओलीलाई अनुशासनको कारबाही गर्ने प्रस्ताव ल्याउने बताएको थियो । प्रचण्ड पक्षको यस्तो तयारी थाहा पाएपछि ओली समूहले पनि बैठक बोलाएर प्रचण्ड–नेपाल समूहलाई कारबाही गर्ने योजनाअनुसार बैठक बोलाएको हो ।
सोमबार बानेश्वरमा बसेको प्रचण्ड पक्षको भेलाले असंवैधानिक काम गर्ने प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई कारबाही गरेको घोषणा गरेको छ ।
ओलीले आफूलाई घेराबन्दीमा पारेर काम गर्न नदिएकाले संविधानअनुसारै संसद् भंग गरेको दाबी गरेका छन् भने प्रचण्ड पक्षले संसद् भंग गर्ने कुनै आधार नभएकाले भंग नभएको प्रस्टीकरण दिएको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL