मनोरञ्जन Tuesday, 15 Dec, 2020
Prestige Media

पुस १० गतेदेखि फिल्म हल खोल्ने नेपाल चलचित्र संघको घोषणा

सरकारले कोरोना भाइरस महामारी रोकथामका लागि २०७६ चैतमा देशभर गरिएको लकडाउन देखि बन्द रहेको फिल्म हलहरु ९ महिना बितिसक्दा पनि खोल्ने निर्णय भएको छैन ।तर नेपाल चलचित्र संघले आउँदो पुस १० गतेदेखि फिल्म हल खोल्ने घोषणा गरेको छ ।

संघले नेपाल सरकारको स्वास्थ्य सुरक्षा विधि तथा डब्लु एच ओको सुरक्षा मापदण्ड अपनाइ चलचित्र घरहरु सञ्चालन गर्ने बताएको छ। सरकारसँग पटकपटक आग्रह गर्दा हल खोल्ने कुनै नीति निर्णय नआएपछि आक्रोशित भएर सिनेमाकर्मीहरुले हल सञ्चालन गर्ने निर्णय गरेका हुन्।

संघले विज्ञप्ती सार्वजनिक गर्दै सरकारलाई बुदाँगत रुपमा दबाब दिएको छ। संघले हवाई, बस व्यवसाय, होटल, रेष्टुरेन्ट, मन्दिर लगायत अन्य क्षेत्र पूर्ण रुपमा सञ्चालन भईसकेकोमा सिनेमा क्षेत्र सञ्चालनको लागि सरकारबाट केही कदम नचालिएको भन्दै गुनासो गरेको छ।

साथै संघले पुस १० गतेदेखि चरणबद्ध रुपमा आन्दोलन गर्ने निर्णय समेत गरेको छ। विज्ञप्तीमा मनोरञ्जन कर खारेज गर्ने, चलचित्र प्रदर्शन व्यवसायले उद्योगको मान्यता पाउनुपर्ने, चलचित्र विकास शूल्क खारेज हुनुपर्ने, चलचित्र घरको लागि आवश्यक उपकरण तथा सामाग्रीहरु भन्सार महशुल छुट हुनु पर्ने, चलचित्र क्षेत्रलाई अति प्रभावित क्षेत्रको रुपमा सम्बोधन गर्नुपर्ने माग राखिएको छ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL