Breaking News Monday, 14 Dec, 2020
Prestige Media

७७ वटै जिल्लामै गर्जियो कांग्रेस, ओलीले नै राजतन्त्र ल्याउन खोजेको आरोप

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार ७७ वटै जिल्लामा सरकारविरुद्ध प्रदर्शन गरेको छ । विभिन्न जिल्लाका विरोधसभाका लागि खटिएका कांग्रेसी नेताहरुले केपी ओलीको सरकारमा भएका भ्रष्टाचार, कोरोना नियन्त्रणमा सरकारको असफलता, नेकपाको आन्तरिक द्वन्द्व र त्यसका कारण राजतन्त्रको पक्षमा सडकमा प्रदर्शन भएको दाबी गरे ।
कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि सांसद गगन थापासम्मले यिनै विषयलाई केन्द्रमा राखेर भाषण छाँटे ।

प्रधानमन्त्री ओलीकै संरक्षणमा भ्रष्टाचार भइरहेको र सरकारको असफलताका कारण राजावादीहरु व्यवस्थाविरुद्ध नै सडक प्रदर्शनमा उठेको कांग्रेस नेताहरुले दाबी गरे ।

ओलीकै कारण राजतन्त्रको पक्षमा नारा

मकवानपुरको हेटौैंडामा आयोजित सभालाई सम्बोधन गर्दै सभापति देउवाले ओली सरकारबाट आजित भएका जनताले ‘राजा आऊ देश बचाऊ’ जस्ता नारा लगाउन थालेको दाबी गरे ।
कोरोना महामारीका बेला कम्युनिष्ट सरकारले केही नगरेपछि मानिसहरु विकल्पको रुपमा ‘राजा आऊ देश बचाऊ’ भन्न थालेको उनको भनाइ छ ।
‘यी तत्वलाई राजा आऊ भन्ने हिम्मत आउँदैनथ्यो, ओली सरकारबाट जनता आजित भएको हुँदा त्यसो भन्ने आँट गरेका हुन्,’ देउवाले भने ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सडकमा गणतन्त्रविरुद्धको नारा लाग्नुमा प्रधानमन्त्री ओली नेतृत्वको सरकार जिम्मेवार रहेको बताए ।
काठमाडौंको प्रदर्शनलाई सम्बोधन गर्दै उनले भने, ‘अहिले सडकमा राजतन्त्रको पक्षमा नारा लागेको छ, यसप्रति जिम्मेवार सरकार नै हो, सरकारकै कारण यस्ता नारा लागेका हुन्’, पौडेलले भने, ‘राजा ल्याउन खोज्नेहरुले कस्तो किसिमको राजा ल्याउन खोजेको ? कोतपर्व, भण्डारखाल पर्व मच्याउने कि, सत्र साल ल्याउने कि माओवादी जन्माएर प्रजातन्त्रको हत्या गर्ने राजा ?’

कैलालीको धनगढीमा भएको विरोध प्रदर्शनमा सम्बोधन गरेका गगन थापाले विगतमा जनताका अधिकार खोस्ने राजाले कसरी जनतालाई बचाउन सक्छन् भन्दै प्रश्न गरे ।
हिजो पञ्चायतकालमा हाम्रा मूर्ति बेचेर खाने पञ्चहरुले अहिले राजा ल्याउनका लागि गरेको प्रदर्शनलाई सही मान्न नहुने उनको भनाइ छ ।
‘संसद्मा दुई तिहाइ बहुमत रहेको, ४ सय भन्दा बढी स्थानीय तहमा सरकार बनाएको र ७ प्रदेशमध्ये ६ वटा प्रदेश जितेको नेकपाको नालायक सरकार मुर्दावाद,’ उनले सभामै आक्रोश पोखे ।
पार्टी सभापति देउवाले जनता कोरोनाका कारण खानसमेत नपाएका बेला सरकारले महामारीलाई नै भ्रष्टाचार गर्ने मौकाको रुपमा प्रयोग गरेको बताए ।
उनले कांग्रेसले सरकारलाई कोरोना महामारी नियन्त्रणका लागि निःशर्त सहयोग गरेको तर सरकारले भने यस्तो महामारीमा पनि घुस खाने, भ्रष्टाचार गर्ने काम गरेको बताए ।
‘हामीले कोरोना नियन्त्रणका लागि आफ्नो आधा तलब, दसैं भत्ता दियौं, तर कम्युनिष्टहरुले यही बेलामा घुस खाने, भ्रष्टाचार गर्ने काम गरे,’ उनले भने ।
कांग्रेसका उपसभापति विमलेन्द्र निधि भक्तपुरमा, डा. रामशरण महत चितवन, महामन्त्री शशांक कोइराला मोरङ, डा. प्रकाशशरण महत झापा, विश्वप्रकाश शर्मा हेटौंडा, गुरु घिमिरे खोटाङ, प्रदीप पौडेल कञ्चनपुरमा सम्बोधन गर्न पुगेका थिए ।

आजको प्रदर्शन सरकारको प्रवृत्तिविरुद्ध जनमत हो ः देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार देशव्यापी रूपमा भएको प्रदर्शन वर्तमान सरकार र उसको सर्वसत्तावादी प्रवृत्तिविरुद्ध जनमत प्रकट भएको बताएका छन् ।
एक्कासौं शताब्दीको नेपाली जनता लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मार्गबाट नै देशको भविष्य सुनिश्चित गर्न चाहन्छ भन्ने बलियो मत प्रकट भएको छ’, देउवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यसका साथै उनले प्रदर्शनमा सहभागी भएका सबैलाई बधाइ दिएका छन् ।
सोमबारे प्रदर्शनले पार्टीलाई नवीन ऊर्जा मिलेको र यही ऊर्जालाई अभिवृद्धि गर्दै आफूहरू आगामी दिनमा अझ सशक्त ढंगले अघि बढ्ने उनले बताए ।
‘आजको प्रदर्शनले नेपाली कांग्रेस पार्टीलाई नवीन ऊर्जा प्रदान गरेको छ । यो ऊर्जालाई क्रमिक अभिवृद्धि गर्दै नेपाली कांग्रेस आगामी दिनमा अझ सशक्त ढंगले अघि बढ्ने उद्घोष म गर्न चाहन्छु’, विज्ञप्तिमा भनिएको छ, ‘प्रदर्शनमा उत्साहपूर्वक सहभागी देशभरिका साथीहरूलाई म विशेष बधाइ ज्ञापन गर्दछु ।’

ओली सरकारविरुद्ध प्रदर्शनमा उत्रिएकामा कांग्रेसलाई बाबुराम भट्टराईको बधाइ

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले नेपाली कांग्रेस सरकारविरुद्ध प्रदर्शनमा उत्रिएकामा बधाइ दिएका छन् ।

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको निरंकुशता र कुशासनविरुद्ध सडकमा उत्रिएकामा उनले कांग्रेसलाई बधाइ दिएका हुन् ।
कांग्रेसले सरकारविरुद्ध सोमबार ७७ जिल्लाबाट विरोध गरेको थियो ।
भट्टराईले ट्वीट गर्दै लेखेका छन्, ‘ओली सरकारको निरंकुशता र कुशासनविरुद्ध सडकमा उत्रेको कांग्रेसलाई बधाइ !’
उनले अब संसद् बैठक बोलाउन पहल गर्नुपर्नेमा जोड दिए ।
भनिन्छ, लोकतन्त्रमा राजनीतिका तीन प्रमुख कार्य क्षेत्रमध्ये सरकारमा सत्तापक्षको र सदन तथा सडकमा विपक्षको अधिकार र कर्तव्य हुन्छ,’ उनले भने, ‘अब सदन बोलाउन पहल गरौं ।’
उनले जनता समाजवादी पार्टी पनि पार्टी एकताका बाँकी काम सकेर सडक र संसद्बाट सरकारको विरोधमा उत्रने बताए ।
‘जसपा पनि छिटै पार्टी एकता समायोजनको काम सकेर सडक र सदनमा गर्जन्छ,’ उनले भने ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL