मनोरञ्जन
Monday, 14 Dec, 2020
दीपेन्द्रको चिसो मान्छे’मा स्वस्तिमासँगै अर्पण थापा फाइनल
फिल्म ‘चिसो मान्छे’मा अभिनेताको रुपमा अर्पण थापा अनुबन्धित भएका छन् ।दीपेन्द्र के खनालको निर्देशन रहने फिल्मका निर्मात्री शर्मिला पाण्डेले सामाजिक सञ्जालमार्फत अर्पणलाई अनुबन्धन गरेको पुष्टि गरेकी छिन् ।
कोरोनाको कहर सामान्यपछि छायांकन सुरु हुने फिल्मको लेखन निर्देशक खनाल आफैंले गरेका हुन् ।२०७८ साल भदौ ११ गते प्रदर्शन मिति तोकिएको फिल्मको छायांकन सुदूरपश्चिमका विभिन्न ठाउँमा हुने बताइएको छ ।
फिल्ममा अभिनेत्रीको रुपमा स्वस्तिका खड्का केही अगाडि अनुवन्धित भएकी थिइन् । केही दिन अगाडि फिल्मका लागि उनले १८ लाख पारिश्रमिक लिएको चर्चा समेत चलेको थियो ।पहिलो पटक स्वस्तिमा र अर्पणले यो फिल्म मार्फत स्क्रिन शेयर गर्न लागेका हुन् ।








