मनोरञ्जन
Sunday, 13 Dec, 2020
गायक शिव परियारको ‘आँशुको अर्थ ३’(भिडिओसहित)
लोकप्रिय गायक शिव परियारको स्वर तथा संगीत रहेको ‘आँशुको अर्थ ३- तिमिले पो सक्यौ त’ सार्वजनिक भएको छ।
गीतमा संचारकर्मी तथा चलचित्र निर्माता रवि अधिकारीको शब्द रहेको छ भने गोपाल रसाइलीले संगीत संयोजन गरेका हुन्।
‘आँशुको अर्थ’ र ‘आँशुको अर्थ २’गीतलाई दर्शक तथा स्रोताले अत्यधिक मन पराए पछि शिव परियारले ‘आँशुको अर्थ ३’ लिएर आएका हुन्।
नायक आकाश श्रेष्ठ अभिनित गीतको भिडिओलाई निकेश खड्काले निर्देशन गरेका हुन्।







