सर्वदलीय बैठकमा राजावादी आन्दोलनको समीक्षा, नेकपाकै कारण राजा माग्नेको भीड बढेको कांग्रेसको दाबी
प्रधानमन्त्री केपी ओलीले आप्mनो बालुवाटार निवासमा डाकेको सर्वदलीय बैठकमा राजनीतिक दलहरुले आ–आप्mना डम्फु बजाएका छन् । प्रतिपक्षी कांग्रेस लेओली सरकारलाई धारे हात लगायो भने राजावादी पार्टीले राजा पुनस्थापर्नामा छलफल चलाउनुपर्नेसम्मको माग तेस्र्यायो ।
कांग्रेसले दुई तिहाइ बहुमतको सरकार भएर पनि जनअपेक्षाअनुसार काम गर्न नसक्दा राजावादी सल्बलाएको आरोप नेकपामाथि लगाएको छ ।
उपसभापति विमलेन्द्र निधिले सरकारले शासन गर्ने अधिकारसमेत गुमाएको बताए ।
‘यो सरकारको काम–कारबाहीबारे पार्टीले मूल्यांकन गर्दा जनता, संघीयता र संविधान कार्यान्वयनका पक्षमा काम गरेको पाइएन,’ बैठकमा निधिले भने, ‘संघीयता टिकाउने काम गरेन, उल्टो कमजोर पार्ने काम गरेको छ ।’
कांग्रेसले बैठकमा संघीयता, संविधान कार्यान्वयन र गणतन्त्रका पक्षमा सधैं उभिइरहने प्रतिबद्धता जनाएको छ ।
‘अहिले जे–जति कुरा आएका छन् । यो तपाईंहरूकै कारणले भएको हो,’ सडकमा राजावादीको प्रदर्शनतर्फ संकेत गर्दै निधिले भने, ‘कांग्रेस संघीयता र गणतन्त्रको पक्षमा सधैं रहिरहन्छ ।’ सरकारका प्रवृत्ति र भ्रष्टाचारविरुद्ध कांग्रेसले आगामी २९ मंसिरमा देशैभर प्रदर्शन गर्ने निधिले बताए ।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, सहमहामन्त्री प्रकाशशरण महत र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि बोलेका थिए ।
बैठक प्रारम्भमै प्रधानमन्त्री केपी ओलीले प्रतिगमनकारी शक्ति सलबलाएको बताएका थिए । प्रतिगमनकारीलाई तह लगाउन सबै राजनीतिक पार्टीको एउटै आवश्यक रहेको प्रधानमन्त्रीको भनाइ छ ।
सर्वदलीय बैठकमा मधेसकेन्द्रित दल, राप्रपालगायत सबैको सहभागिता थियो । जनताको बलिदानले प्राप्त गणतन्त्र बचाउन सबै दलको साथ प्रधानमन्त्रीले मागे । तीन घन्टा चलेको बैठकमा कांग्रेस सभापति देउवा भने धेरै बेर बसेनन् ।







