Breaking News Monday, 7 Dec, 2020
Prestige Media

युरोप छिर्दै नेपाली जहाज, इयूले गर्यो प्रशंसा

युरोपियन युनियन (इयू) ले नेपालको हवाई क्षेत्रलाई कालो सूचीबाट हटाउने संकेत गरेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस अवसरमा इयूले नेपालले पछिल्लो समय सुरक्षामा महत्वपूर्ण सुधार गरेको बताएको छ ।
इयूले विज्ञप्ति जारी गर्दै सुरक्षित हवाई उडानका लागि नेपाल सरकार र युनियनका सदस्य राष्ट्रहरूको संयुक्त प्रयासबाट सुधार भएको बताएको छ ।

इयूले नेपालको उड्डयन क्षेत्र सुरक्षित नरहेको भन्दै सन् २०१३ देखि कालो सूचीमा राखेको थियो । इयूको कालो सूचीपछि नेपाली एयरलाइन्सलाई युरोप उडानमा प्रतिबन्ध थियो ।
युरोप मात्र नभएर अन्य देशहरूमा पनि उडान अनुमति पाउन नेपाली एयरलाइन्सलाई सास्ती भइरहेको थियो ।
‘नेपाल सरकारले पछिल्लो समय जुन प्रयास गरेको छ, ती प्रशंसनीय छन् । हवाई सुरक्षाका चुनौतीसँग जुध्न जुन संयन्त्र विकास गर्न लागिएको छ, त्यो साँच्चिकै सकारात्मक कदम हो,’ इयूको विज्ञप्तिमा उल्लेख छ ।
नेपाल सरकारले हवाई नियमन तथा सेवाप्रदायकलाई छुट्याउन संसद्मा पेस गरेको विधेयकलाई इयूले सकारात्मक कदमका रूपमा लिएको छ । संसद्मा विचाराधीन उक्त विधेयक कार्यान्वयन हुने उसको विश्वास छ । यसरी भएका पछिल्ला सुधारबाट इयूको कालो सूचीबाट नेपाललाई हटाउने बाटो खुल्ने उसले बताएको छ ।
’यी सुधारबाट नेपाललाई हवाई सुरक्षा सूचीबाट हटाउन प्रशस्त मार्ग दिनेछ,’ विज्ञप्तिमा भनिएको छ ।
इयूले नेपालमा हवाई दुर्घटना बढेको, नियामक र सेवाप्रदायक एउटै हुँदा सुरक्षा स्थापनामा कठिनाइ भएको भन्दै कालो सूचीबाट हटाउन आनाकानी गर्दै आएको थियो ।
सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवाप्रदायकमा विभाजन गर्न कानुन बनाउन संसद्मा विधेयक दर्ता गराएको छ । त्यस्तै, गत वर्ष एयरबसको सहायतामा प्राधिकरणले नेपालका सबै हेलिकप्टर कम्पनीको सुरक्षा अडिट गराएको थियो ।
इयूले नेपालमा रहेका साना जहाज तथा हेलिकप्टर दुर्घटनाप्रति पनि चासो देखाउँदै आएको थियो ।
कालो सूचीबाट हटाउन विभिन्न चरणका प्रक्रिया हुनेछन् । इयूका अनुसार पहिलो चरणमा ब्रसेल्समा प्राविधिक बैठक हुनेछ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेका पछिल्ला सुधारबारे उक्त बैठकमा छलफल हुनेछ ।
त्यस्तै, दोस्रो चरणमा इयूको सुरक्षा विशेषज्ञ टोलीले नेपालको स्थलगत भ्रमण गर्नेछ । उक्त टोलीले पछिल्लो समय भएका सुधार कार्यान्वयनका पाटोबारे अवलोकन गर्नेछ । यसपछि इयूको सुरक्षा नियोगले कालो सूचीबाट हटाउन आप्mनो हवाई सुरक्षा कमिटीमा अनुमोदनका लागि प्रस्ताव पेस गर्नेछ ।
युरोपियन युनियनले प्रस्ताव अध्ययनपछि ठोस विषयवस्तुमाथि रहेर उड्डयन प्राधिकरणलाई सुरक्षा कार्यान्वयनका लागि प्राविधिक सहायता दिनेछ ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले सन् २०१३ मा नेपालको हवाई आकाश असुरक्षित भएको भन्दै गम्भीर सुरक्षा चासो राखेको थियो । त्यसलगत्तै युरोपियन कमिसनको स्थलगत अडिट भ्रमण भएको थियो । उक्त भ्रमणबाट आइकाओले देखाएका सुरक्षा चासो सम्बोधन नभएसम्म सुरक्षा सूचीमा राख्नुपर्ने सुझाव दिएको थियो ।
नेपालमा वायुयान दुर्घटना दर अधिक रहेको र नियमन पनि प्रभावकारी नभएको इयूको निष्कर्ष थियो ।
आइकाओले सन् २०१७ मै नेपाललाई कालो सूचीबाट हटाए पनि इयूले भने कायमै राखेको छ । आइकाओले हटाएपछि नेपालले इयूलाई पछिल्लो समय सुधार भएको भन्दै पत्राचार गरेको थियो ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

सुशीला कार्कीको आक्रोश– अब मलाई होइन, बालेनकी श्रीमतीलाई ‘आमा’ भन्नू

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL