Exclusive News Sunday, 6 Dec, 2020
Prestige Media

राजवादीलाई डा. भट्टराईको प्रश्न ः राजतन्त्रले थुपारेको फोहोर सफा गर्ने कि त्यही डंगुरमा फर्कने ?

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले २४० वर्षमा राजतन्त्रले थुपारेको फोहोर १२ वर्षमा गणतन्त्रले सोहोर्न नभ्याएको बताएका छन् ।
पछिल्लो समयमा देशव्यापी रुपमा भइरहेको राजावादीहरूको प्रदर्शनलाई संकेत गर्दै उनले राजतन्त्रले थुपारेको फोहोर गणतन्त्रले सोहोर्न भ्याएन भन्दैमा त्यही फोहोरको डंगुरमा फर्कन नहुने बताएका छन् ।
उनले वर्तमान केपी शर्मा नेतृत्वको सरकारको कुशासनका कारण राजावादीहरू धमिलो पानीमा माछा मार्न हौसिएको आरोप लगाएका छन् । शनिबार सामाजिक सञ्जाल ट्वीटरमार्फत डा. भट्टराईले २४० वर्षसम्म राजतन्त्रले निरंकुशता, गरिबी, भ्रष्टाचार, जातीय, क्षेत्रीय र लैंगिक विभेदलगायतका फोहोर थुपारेको र गणतन्त्रको १२ वर्षले ती फोहोर सोहोर्न भ्याएन भन्दैमा सबै मिलेर छिटो फोहोर सफा गर्ने कि फोहोरको डुंगुरमा फर्कने भनी प्रश्न गरेका छन् ।
‘ओली कुशासनको धमिलो पानीमा माछा मार्न हौसिएका राजावादीहरूलाई प्रश्न ः २४० वर्षसम्म राजतन्त्रले थुपारेको निरंकुशता, गरिबी, बेरोजगारी, भ्रष्टाचार, जातीय–क्षेत्रीय र लैंगिक विभेद, पराधीनताको फोहोर १२ वर्षमा गणतन्त्रले सोहोर्न भ्याएन भने सबै मिलेर छिटो फोहोर सफा गर्ने कि फोहोरको डुंगुरमा फर्कने ?’, डा. भट्टराईले ट्वीटरमा लेखेका छन् ।
ओली कुशासनको धमिलो पानीमा माछा मार्न हौसिएका राजावादीहरूलाई प्रश्नः २४०बर्षसम्म राजतन्त्रले थुपारेको निरंकुशता, गरिबी, बेरोजगारी, भ्रष्टाचार, जातीय, क्षेत्रीय लैंगिक विभेद, पराधीनताको फोहोर १२ वर्षमा गणतन्त्रले सोहोर्न भ्याएन भने सबै मिलेर छिटो फोहोर सफा गर्ने कि फोहोरको डुंगुरमा फर्कने ?
राजावादीहरूले पछिल्लो समय देशभरि हिन्दु राष्ट्र, संघीयताको खारेजी, राजतन्त्रको पुनस्र्थापनालगायतका माग राख्दै प्रदर्शन गरिरहेका छन् ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL