Exclusive News Sunday, 6 Dec, 2020
Prestige Media

ओलीबिनै बसेको नेकपा स्थायी समिति बैठक एक साताका लागि स्थगित

गोकुल अर्याल
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक एक साताका लागि स्थगित भएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको बैठक मंसिर २८ गतेसम्मका लागि स्थगित भएको हो ।
बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको प्रस्ताव पेस भएको थियो । उक्त प्रस्ताव अध्ययनका लागि भन्दै बैठक २८ गतेसम्मलाई स्थगित भएको हो ।
आइतबारको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली सहभागी भएनन् । ओलीले बैठकलाई सम्बोधन गर्दै आफूले खारेज गरिसकेको र पार्टीलाई विभाजनको डिलमा पु¥याएको संगीन आरोपपत्रबारे हुने छलफलमा सहभागी हुन असमर्थ रहेको बेहोराको पत्र पठाए ।
उक्त पत्रलाई सचिवालय सदस्य ईश्वर पोखरेलले बैठकमा पढेर सुनाएका थिए ।
आइतबारको बैठकमा अध्यक्ष ओली अनुपस्थित रहेको र पत्रमा प्रधानमन्त्रीले आफ्नो पूर्वमान्यताअनुरुप अर्का अध्यक्ष प्रचण्डको प्रस्तावलाई औपचारिक रूपमा बैठकमा छलफल गर्न नसकिने धारणा रहकाले अनुपस्थित रहेको जानकारी दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
प्रधानमन्त्री ओलीको अनुपस्थिति रहे पनि अर्का अध्यक्ष दाहाल अध्यक्षताको बैठकले पार्टी एकतालाई केन्द्रमा राख्दै छलफल चलाउने तथा दुवै अध्यक्षबाट प्रस्तुत भएका प्रतिवेदनको अध्ययन गरी मंसिर २८ गते स्थायी समिति र मंसिर २५ गते निर्धारित गरिएको केन्द्रीय समितिको बैठक पुस ५ लाई सारिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
ओलीले पठाएको पत्रमा गत कात्तिक २८ गते अध्यक्ष प्रचण्डले ‘प्रस्ताव’ का नाममा पठाएको प्रस्तावले असामान्य अवस्था सिर्जना भएको दाबी गरिएको छ । ‘पार्टीभित्र हुने स्वस्थ र मर्यादित छलफलका सम्पूर्ण सीमा भत्काएर पार्टीभित्रको नीतिगत बहसलाई शत्रुतापूर्ण अन्तर्विरोधमा रुपान्तरित गरेको र पार्टी विधान मात्रै होइन, राज्यको संविधान र कानुनसमेत आकर्षित हुने प्रकृतिका संगीन फौजदारी आक्षेप लगाइएको उक्त अभियोगपत्रमाथि बैठकमा कुनै छलफल हुन नसक्ने मान्यता मैले सचिवालय बैठकमा राखिसकेको छु । पार्टीलाई सहज र स्वस्थ वातावरणमा फर्काउने हो भने उक्त लिखत निःसर्त फिर्ता हुनुपर्ने मेरो मान्यता यथावत छ,’ प्रधानमन्त्री ओलीले स्थायी समितिलाई लेखेको पत्रमा उल्लेख छ ।
एकता महाधिवेशनपछि पार्टी नेतृत्व र आगामी निर्वाचनपछि सरकारको नेतृत्वमा नरहने घोषणा गरिसकेपछि पनि नेतृत्व परिवर्तनका लागि चार महिना कुर्न नसक्ने र प्रधानमन्त्री बन्न नयाँ जनादेश पर्खिन नसक्ने सोचका कारण पार्टीभित्र यस्ता खाले समस्या सिर्जना भएको प्रधानमन्त्री ओलीले बताएका छन् ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL