कांग्रेसले २९ मंसिरमा देशैभर प्रदर्शन गर्ने
नेपाली कांग्रेसले संसदको अधिवेशन तत्काल बोलाउन माग गर्ने भएको छ । कांगे्र्रसले २९ मंसिर देशैभर सरकारविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको छ ।
शुक्रबार देउवा निवासमा बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले यो निर्णय गरेको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए । कांग्रेसले भ्रष्टाचार, कोरोना नियन्त्रणमा सरकार असफल रहेकाले ७७ जिल्लामा विरोध प्रदर्शन गर्न लागेको छ ।
सदन अविलम्ब बोलाउनुपर्ने, सदन र सडकबाट सरकारका जनहितविपरीत कामको विरोध गर्ने निर्णय कांग्रेसले गरेको छ ।
यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ घटनाबारे बैठकमा ब्रिफिङ गरेका छन् । उनले प्रधानमन्त्रीकै निर्देशनमा पुल उद्घाटन गर्ने कार्यक्रममा अवरोध भएको आरोप लगाए ।
‘प्रधानमन्त्री ओलीकै निर्देशमा मलाई पुल उद्घाटन गर्न रोक्ने प्रयास भयो,’ पौडेलको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने ।







