Exclusive News Wednesday, 25 Nov, 2020
Prestige Media

हिन्दु राज्य र राजतन्त्र माग्दै जनकपुर र पोखरामा उर्लियो भीड

कास्कीको पोखरा धनुषामा राजतन्त्र पक्षधरहरूले राजतन्त्र र हिन्दु राष्ट्रको मागसहित प्रदर्शन गरेका छन् । बुधबार युवाहरूको एउटा समूहले ‘गणतन्त्र धोका हो’ भन्दै मोटरसाइकल तथा कार ¥याली निकालेर राजतन्त्र र हिन्दु राज्यको माग गरेको छ । ‘पश्चिमाञ्चलबासी नेपाली जनता’ का नाममा आयोजित प्रदर्शनमा सहभागीले हिन्दु राज्य र राजतन्त्र फर्काउन माग गरे ।
‘पश्चिमाञ्चलबासी नेपाली जनता’ का नाममा प्रदर्शन भए पनि पोखरामा यस्तो नामको कुनै संगठन छैन । प्रदर्शनमा सहभागी गराउन आयोजकले उक्त नाम राखेका थिए । प्रदर्शनबारे जानकारी दिन मंगलबार पोखरामा भएको पत्रकार सम्मेलन पनि त्यही नाममा भएको थियो ।
¥यालीमा सहभागी अधिकांशले नेपालको राष्ट्रिय झन्डा बोकेका थिए । उनीहरूले राजा पृथ्वीनारायण शाहदेखि महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रका भनाइ लेखिएका प्लेकार्ड सँगै बोकेका थिए । उनीहरूले हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ, पोखरेली जनता के भन्छ, राजतन्त्र ले भन्छ, टोलटोलमा हल्ला छ, राजा ल्याउने सल्लाह छजस्ता नारा लगाएका थिए ।
अमरसिंह चोकबाट निस्केको जुलुस पृथ्वीचोक, मुस्ताङचोक, सहिदचोक, हलनचोक, जिरोकिलोमिटर, सिर्जनाचोक, चिप्लेढुंगा हुँदै मानव अधिकार चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा पुगेपछि मात्र अधिकांश सहभागी र दर्शकले ‘पश्चिमाञ्चलबासी नेपाली जनता’ का नाममा आयोजित ¥यालीको वास्तविक आयोजक चिने ।
कोणसभामा शिव सेना नेपालका केन्द्रीय अध्यक्ष अनिल बस्नेत उर्फ अनिलबाबाले करिब तीन मिनेट लामो सम्बोधन गरेका थिए । उनको सम्बोधनले उक्त प्रदर्शनको वास्तविक आयोजक शिव सेना नेपाल रहेको पुष्टि भयो । कोणसभालाई सम्बोधन गर्दै बस्नेतले धर्म, राजा र राष्ट्र जोगाउन आह्वान गरे ।
शिव सेना नेपालले विभिन्न ब्यानरमा पछिल्लो समय यस्ता प्रदर्शन गर्दै आएको छ । हिन्दु राज्य र राजतन्त्र पुनस्र्थापना, संघीयता खारेजीलगायत माग राखेर उनीहरूले पहिलो प्रदर्शन बुटवलमा गरेका थिए । त्यसपछि धनगढी, विराटनगर, सिरहा र सप्तरीमा पनि प्रदर्शन गरेको शिव सेना नेपाल पोखराका सचिव भेषराज कोइरालाले बताए ।
‘अहिलेको राजनीतिक परिवर्तन उल्ट्याउने र भ्रष्टाचारको विरोध गर्न हामीले प्रदर्शन गरेका हौं,’ उनले भने, ‘जनता हाम्रो एजेन्डामा स्वतःस्पूmर्त आए ।’ अब अर्को प्रदर्शन चितवनमा हुने उनले जानकारी दिए ।

जनकपुरमा पनि उस्तै
धनुषाको जनकपुरमा पनि राजतन्त्र फिर्ता र हिन्दु राज्य माग गर्दै राजावादीहरूले जुलुस निकालेका छन् ।
जनकपुरको रेल्वे स्टेसनबाट निस्केको राजावादी समूहको ¥यालीले भानु चोक, कदम चोक, विद्यापति चोक, विश्वकर्मा चोक, तपसी चोक, जिरोमाइल, भ्रमरपुरा चोक, बजरंग चोक, रामानन्द चोक, पिडारी चोक, ब्रह्मपुरी चोक, मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गर्दै जनक चोकमा पुगी कोणसभामा परिणत भएको थियो ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL