धुम्बाराहीमा प्रचण्ड–पौडेल भलाकुसारी
सत्तारुढ नेकपाभित्रको झगडा बढिरहेका बेला अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री केपी ओली निकट महासचिव विष्णु पौडेलबीच धुम्बाराही मुख्यालयमा भेटवार्ता भएको छ ।
भेटमा पार्टीभित्र देखिएको विवादबारे दुवै नेताबीच नाडी छामाछाम भएको बताइन्छ । पौडेलसँग गफिएका प्रचण्डले ओलीलाई आप्mनो
कुरा पु¥याइदिन आग्रह गरेका थिए ।
गत २८ कात्तिकमा बसेको सचिवालय बैठकमा प्रचण्डले एकतर्फी रूपमा प्रतिवेदन ल्याएको भन्दै ओली आक्रोशित बनेका छन् ।
प्रधानमन्त्री ओलीले ३ मंसिरमा बसेको बैठकमा प्रचण्डविरुद्ध आगो ओकलेका थिए । प्रधानमन्त्री ओलीले प्रचण्डको जवाफी प्रतिवेदनका लागि १३ मंसिरसम्मको समय मागेका छन् ।
दुई अध्यक्षबीच विवाद उत्कर्षमा पुगेका बेला महासचिव पौडेलले प्रचण्डलाई भेटेका हुन् । यसअघि पनि उनी प्रचण्डलाई भेट्न खुमलटार पुग्थे ।
प्रचण्डसँगको धुम्बाराही भेटपछि महासचिव पौडेलले पार्टीभित्रको आगो झनै फैलिने अवस्था आएको बताए ।







