Exclusive News Sunday, 15 Nov, 2020
Prestige Media

स्थायी लेखा नम्बर लिनेको संख्या ३५ लाख

नेपालमा स्थायी लेखा नम्बर (पान) लिने करदाताको संख्या ३५ लाख नाघेको छ । अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनामा १ लाख ९५ हजार ५ सय ४२ करदाता थप भएका छन् ।
योसँगै अब मुलुकभर करदाताको संख्या ३५ लाख ३३ हजार ३४ पुगेको हो । तथ्यांकअनुसार नेपालमा सबैभन्दा बढी व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिने छन् । यसरी प्यान नम्बर लिनेको संख्या २१ लाख ७ हजार २ सय ९२ पुगेको छ ।
सरकारले गत आर्थिक वर्षदेखि हरेक व्यक्तिले प्यान नम्बर अनिवार्य लिनुपर्ने प्रावधान ल्याएका कारण व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या बढेको हो । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा १ लाख ३३ हजार ८ सय ४० जनाले स्थायी लेखा नम्बर लिएका छन् ।
यो अवधिमा व्यावसायिक लेखा नम्बर लिनेको संख्या भने ६० हजार ७ सय २४ रहेको छ । अब देशभर व्यावसायिक लेखा नम्बर लिने करदाता १४ लाख १९ हजार ६ सय ५८ पुगेका छन् ।
असोज मसान्तसम्म व्यावसायिक स्थायी लेखा नम्बर लिनेको संख्या १४ लाख १९ हजार ६५८, व्यक्तिगत स्याथी लेखा नम्बर लिनेको संख्या २१ लाख ७ हजार २९२ र करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर ६ हजार ८४ पुगेको छ ।

भ्याटमा २ लाख ६६ हजार

अर्थ मन्त्रालयका अनुसार मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता हुने करदाताको संख्या भने २ लाख ६६ हजार पुगेको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा १० हजार ५ सय २२ करदाता भ्याटमा थपिएका छन् । उक्त अन्तःशुल्कमा दर्ता हुने करदातासमेत १ लाख नाघेको छ ।
असोज मसान्तसम्म कुल १ लाख ९१ करदाता अन्तःशुल्कमा दर्ता भएका छन् । मन्त्रालयका अनुसार कोरोना भाइरसको महामारीले परिस्थिति सहज नभएका कारण यो वर्ष करको दायरा विस्तारको काममा भने प्रभाव परेको छ ।
करको दायरा विस्तारका दृष्टिले गत आर्थिक वर्ष भने सफल मानिन्छ । असोज मसान्तम्म गत आर्थिक वर्षको सोही अवधिको तुलनामा स्थायी लेखा नम्बर लिने संख्या ७२.७ प्रतिशतले घटेको छ ।
मूल्य अभिवृद्धिमा दर्ता हुने ५१.४ प्रतिशत र अन्तःशुल्कमा दर्ता हुने करदाता ५६.३ प्रतिशतले घटेको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL