Breaking News Saturday, 14 Nov, 2020
Prestige Media

नेकपामा चिठ्ठी युद्ध, प्रचण्डको ओलीलाई जवाफ ः चिप्ला कुरा ‘विष भरिएको घैंटो’

सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले लेखेको पत्रको जवाफ फर्काएका छन् । ओलीले २५ कात्तिकमा पठाएको १० पन्ने पत्रको जवाफमा प्रचण्डले ७ पन्ने लभलेटर लेखेका हुन् ।
शुक्रबार बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीलाई बुझाइएको जवाफी पत्रमा प्रधानमन्त्रीले दिउँसै रात पार्ने जाली एवं झुट कुरा गरेको प्रचण्डले आरोप लगाएका छन् ।
मन्त्रिपरिषद पुनर्गठन र राजदूतहरुको नियुक्ति आपूmसँग सल्लाह गरेरै गरिएको भन्ने प्रधानमन्त्रीको भनाइमा आपत्ति जनाउँदै प्रचण्डले ओलीलाई लेखेको जवाफमा भनेका छन्, ‘सबै कुरालाई सल्लाहले गरेको हुँ भन्नु यो त दिउँसै रात पार्ने जाली कुरा भएन र कमरेड ?’
आफूले ईश्वर पोखरेल र रामबहादुर थापालाई मन्त्रीबाट हटाउनुपर्छ नभनेको, बरु बादललाई उपप्रधानमन्त्री बनाउने प्रस्ताव राखेको र प्रदीप ज्ञवालीलाई पनि नहटाउन भनेको प्रचण्डले ओलीलाई लेखेको पत्रमा उल्लेख छ ।
प्रधानमन्त्री ओलीले राती–राती बालुवाटारबाट गुटबन्दी गरेको तर आफूलाई गुटबन्दीको आरोप लगाएको भन्दै प्रचण्डले प्रश्न गरेका छन्, ‘अर्काको आङको जुम्रा देख्ने, आफ्नो आङको भैसी पनि नदेख्ने भनेको यही हो ?’
प्रधानमन्त्री ओलीले चिप्ला कुरा गर्ने गरेको बताउँदै प्रचण्डले त्यसलाई ‘विष भरिएको घैंटोको मुखमा रहेको अमृत’ को उपमा दिएका छन् ।

सचिवालयका सदस्यहरुलाई वितरण गरिएको पत्रमा भनिएको छ, ‘मैले दुःखका साथ भन्नुपर्छ, यो चिप्ला र गुलिया शब्दजालभित्र प्रस्तुत गरिएको झुटको पुलिन्दा हो । अनुभूतिको तहमा मैले यसलाई ‘विष कुम्भम् पयो मुखम्’ का रुपमा महसुस गरें ।
प्रधानमन्त्री ओलीले आफूमाथि अतिचार गरेको बताउँदै प्रचण्डले पत्रमा भनेका छन्, ‘अति गर्नू अतिचार नगर्नू भन्छन्, यो देख्दा त मलाई पनि भन्न मन लागेको छ, इन अफ इज इनअफ ।’

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL